मोरोक्कोमा २७ हजार अवैध आप्रवासी पक्राउ



एजेन्सी : मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासीहरु पक्राउ परेका छन् ।

उनीहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ भरीमा ६२ ओटा बेचविखन सम्वन्धी सञ्जाललाई तोडिएको र ५०५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३ हजार २१ जनाको नक्कली तथा झुटो कागजपत्रहरु नियन्त्रणमा लिइएको थियो । मोरोक्कलाई युरोप जाने माध्यमका रुपमा अफ्रिकी अवैध आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् । त्यसैले मोरोक्कोबाट धेरै आप्रवासीहरु पक्राउ पर्ने गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्