दाङमा अामाछाेरी मृत फेला



दाङ : दाङको बबई गाउँपालिकामा आमाछोरी मृत भेटिएका छन्।  बबई गाउँपालिका वडा नं. ४ हसनापुरकी २४ वर्षीया सरस्वती पुन मगर र उनकी तीन वर्षीया छोरी कृतिका पुन मगर मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ।

 

आमाको झुण्डिएको अवस्था र छोरीको नजिकै खोल्सामा शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय सितलगौरा सामुदायिक वनमा बिहीबार बेलुका मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए।

 

स्थानीय एक व्यक्तिले बिहीबार साँझ ५ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव सड्ने अवस्थामा रहेकाले ४/५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक चौधरीले बताए। आफन्तले भने हत्या भएको हुन सक्ने भन्दै शव उठाउन नमानेको प्रहरीले बताएको छ।

 

आमाछोरी असोज १३ गते शनिबार माईतिघर रोल्पा जान भनी हिँडेको तर लामो समय सम्म पनि सम्पर्कमा नआएको आफन्तले बताएका छन्। छोरीको शव खोल्सामा खसको थियो भने आमाको शव भीरमै पासो लागेको अवस्थामा अड्किएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्