अखिलको एकतामा गुल्मी पहिलो



गुल्मी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र अखिल क्रान्तिकारीबीच एकता भएपश्चात केन्द्रीय किमिटीको गठन भएपनि सचिवालय गठन देखि जिल्ला जिल्लामा एकता हुन सकिरहेको छैन । यस विषयमा केन्द्रमा विवाद हुँदा तलतलसम्मको एकीकरण प्रमृया अगाडी नबढेको हो । तलतलसम्म एकीकरण प्रकृयामा ढिलाई भईरहँदा गुल्मी जिल्लामा भने दुबै अखिलका नेताहरु बसेर एकता गरेका छन् ।

जिल्ला एकता गर्नेमा गुल्मी पहिलो देखिएको छ । एकता प्रकृया ढिलाइबाट बिद्यार्थी क्षेत्रको गतिबिधी, शैक्षिक आन्दोलन, सामाजिक न्याय एवं जागरणको अभियान अबरुद्ध भैरहेको सन्दर्भमा शिक्षण संस्थामा भएको सांगठनिक गतिबिधिको रिक्तता एवं लामो समय देखिको सुस्तता अन्त्य गर्न अनेरास्ववियू गुल्मीको एकताको सम्पुर्ण कार्य टुंगो लगाएको अखिलका संयोजक राजेन्द्र विक्रम कुँवरले बताए ।

नेपालमै पहिलो पटक गुल्मिबाट अनेरास्ववियूको एकता सम्पन्न गरि जिल्ला तहको एकता आरम्भ गरेको छ । एकता टुंगो लगाउन ७ जना पार्टी जिल्ला कार्यलय सदस्य एवं बिद्यार्थी इन्चाजले महत्वपूर्ण भूमिका खेलेको थिए । यसरी विद्यार्थी एकतालाई टुङ्गोमा पुर्याउनको लागि भुपाल पोख्रेल, ओम कार्की, घनश्याम खरेल,काशी पाण्डे,राजेन्द्र बिक्रमकुँवर, भरत चन्द र श्रीराम महतले महत्वपूर्ण भूमिका खेलेका थिए ।

संयोजक कुँवरका अनुसार अखिलको गुल्मी जिल्ला एकता कमिटी ३३ सदस्यीय रहने सहमति भएको छ भने अहिले २५ जनाको कमिटी निर्माण गरिएको हो । बाँकि ८ जना सदस्य संगठन निर्माणको शिलशिलामा आवश्यकताका आधारमा मनोनित गर्ने सहमति बनेको छ ।

एकता पछि बनाईएको जिल्ला कमिटीको संयोजकमा .राजेन्द्र विक्रम कुँवर र भरत चन्द रहने निर्णय भएको छ । कुँवर प्रशिक्षण विभागको प्रमुख र चन्द आर्थिक विभाग प्रमुख रहने निर्णय पनि गरिएको छ । यस्तै कुँवर र चन्द सहित २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । सचिवालय सदस्यहरूमा श्रीराम महत (संगठन विभाग प्रमुख),उदय अर्याल ( प्रकाशन विभाग प्रमुख),.नवीन अर्याल (खेलकुद तथा रचनात्मक विभाग प्रमुख),बाशुदेब घिमिरे (खेलकुद तथा रचनात्मक विभाग उप(प्रमुख),लक्ष्मी अर्याल (महिला विभाग प्रमुख),बिमला गौतम (महिला विभाग उप(प्रमुख),किसन पाण्डे (प्रशिक्षण विभाग उप(प्रमुख),राजन के.सी (संगठन विभाग उप(प्रमुख),रमेश पाण्डे रहेका छन् । त्यस्तै जिल्ला सदस्यहरूमा विमल छन्तेल,रमेश भण्डारी (आर्थिक विभाग उप(प्रमुख),दशरथ पाण्डे,अशोक नेपाली (उत्पिडित विद्यार्थी विभाग प्रमुख),सन्तोष कुँवर क्षेत्री,रुरुबाट १ बाँकी,हुमकान्त पोख्रेल (प्रचार विभाग प्रमुख),नवीन अर्याल,बल बहादुर श्रेष्ठ (जनजाति बिद्यार्थी विभाग प्रमुख),संगिता मल्ल ठकुरी, विष्णुमाया कुँवर,राजु कुँवर,श्रृजना घिमिरे र गोपाल भण्डारी रहेका छन् ।

नवगठित कमिटीका सदस्यहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थिले सपथ ग्रहण गारएका थिए । यस्तै सोही अवसरमा प्रथम बैठक, सपथ ग्रहण तथा कार्यालय उद्घाटन समेत भएको थियो ।

यसै गरी जिल्लाका १२ वटै स्थानीय तहमा बिद्यार्थी जागरणका लागि संगठन सुदृढीकरण तथा बिस्तार अभियान संचालन गर्न जिम्मेवारी बाँडफाड समेत भएको छ । संगठनले आउदो माघ १५ सम्ममा गुल्मी जिल्लाभर संगठन निर्माणको काम सम्पन्न गरि स्थानिय पालिका अन्तर्गतका अधिवेशन समेत सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्