लागूऔषध प्रयोगकर्ता बढे



काठमाडौं: अत्यधिक दुखाइ कम गर्छ, नाइट्राभेट–१० ले । तर, दुव्र्यसनी यसलाई ‘नशा’का रूपमा प्रयोग गर्छन् । सस्तो भएकाले नाइट्राभेट–१० को माग दुव्र्यसनीमा उच्च छ ।  सरकारले प्रतिबन्ध लगाएको नाइट्राभेट–१० को कारोबारी बढेसँगै प्रहरी आक्रामक रूपमा उत्रेको छ ।

 

नेपालमा नाइट्राभेट–१० प्रयोग अवैध मानिन्छ । प्रयोगकर्ताले छिमेकी देश भारतबाट ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख एसपी रविराज खड्का बताउँछन् । नेपालमा पूर्ण प्रतिबन्धित रहेको नाइट्राभेट कारोबार गर्ने गिरोह ठूलो छ ।

 

लागूऔषध ओसारपसार हुने भएकाले बीपी र अरनिको राजमार्गमा विशेष चेकिङ थालिएको प्रहरी प्रमुख खड्काले दाबी गरे । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्ने गरेका छन् ।

 

काभ्रेमा सात महिनामै १० वटा लागूऔषध मुद्दा चल्यो । जसमा इलाका प्रहरी कार्यालय बनेपाले चलाएका आठ मुद्दामध्ये ६ जना १८ देखि २४ वर्ष उमेरका छन् । लागूऔषध प्रयोगकर्ताले  नाइट्राभेट, गाँजा, यामपुल, नाइट्रोसन ट्याबलेट, सिरिन्जजस्ता लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीको रेकर्डमा देखिएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्