सफल फिल्मका लागि नीर शाहको ५ टिप्स



काठमाडौं: चलचित्रलाई समाजको ऐना मानिन्छ । अधिकांश चलचित्रमा समाजमा भएका घटनालाई नै प्रस्तुत गरिन्छ । दर्शक चलचित्रको कथालाई आफ्नो जीवनका घटनासँग दाँजेर हेर्छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा करिअर निर्माण गर्ने अभिप्रायले धेरै युवा यसप्रति आकर्षित छन् । राम्रो र सफल चलचित्र बनाउन शाहले यस्तो टिप्स दिएका छन्:

 

 १. पटकथा

पटकथा चलचित्रको मुटु हो । विषयवस्तुभन्दा पनि अझ यो बलियो हुन आवश्यक छ । जुनसुकै विधाको चलचित्रमा पनि पटकथाले विशेष महत्व राख्छ । पटकथाले आमदर्शकको मन–मुटु छुनुपर्छ । अहिलेसम्मका जति पनि सफल चलचित्र छन्, तिनीहरू पटकथाका कारण सफल भएका हुन् । यसर्थ, म भन्न सक्छु, ‘फिल्म सफल हुने वा नहुने पटकथाकारले दिएको स्वरूपमा निर्भर गर्छ ।’

 

उदाहरणका लागि राजकुमार हिरानीको चलचित्र ‘सञ्जु’लाई लिन सकिन्छ । उक्त चलचित्रको कथा बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित छ । त्यसको प्रस्तुतिलाई पटकथाले डोर्‍याएका कारण त्यो सफल भयो ।

 

२. प्रस्तुति

कथाको आधारमा प्रभावकारी प्रस्तुतीकरण दिएमा चलचित्र सफल हुन्छ । जतिसुकै बलियो कथा भए पनि प्रस्तुतीकरण राम्रो भएन भने चलचित्र राम्रो बन्दैन ।

 

गत महिना मात्रै प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’लाई उदाहरणको रूपमा लिन सकिन्छ । उक्त चलचित्र राम्रो कथामा आधारित थियो । तर, प्रस्तुतिमा चुकेका कारण सफल हुन सकेन ।

 

 ३. विषयवस्तु

कतिपय अवस्थामा विषयवस्तु कस्तो छ त्यसका आधारमा चलचित्र राम्रो–नराम्रो बन्ने पनि हुन्छ । दर्शकले रोजाइ पनि विषयवस्त हेरेरसमेत निर्भर हुने हुन्छ । मौलिक विषयवस्तुमा आधारित चलचित्र प्रभावकारी मानिन्छन् । तसर्थ, हरेक चलचित्रमा कथाको पहिचान हुन जरुरी छ । जसमा मौलिकताको सुवास होस् र त्यसलाई बुलन्द ढंगले पटकथाका बाँध्न सकियोस् ।

 

 ४. दृश्य

चलचित्रमा आउने प्रत्येक दृश्यमा कथाका मोडको गहिरो सम्बन्ध हुन आवश्यक छ । अर्थात् प्रत्येक दृश्यको अर्को दृश्यसँग नजिकको सम्बन्ध हुन जरुरी हुन्छ । एउटा पटकथामा खोजिने राम्रा गुण दृश्यमा देखिनुपर्छ । मानव मस्तिष्क र मनलाई तंरगित गर्न सक्ने सामथ्र्य बोकेको कथा र दृश्यको सार्थक संयोजन नै सफल कथा हो ।

 

 ५. अभिनय

चलचित्र सफलताको अर्को महत्वपूर्ण पाटो अभिनय हो । पात्र छनोट, भाषा, प्रसंग आदिजस्ता कुरा चलचित्रलाई सिंगार–पटार गर्ने साधन हुन् । आकर्षणका लागि चलचित्रमा यस्ता कुरा समावेश गरिएका हुन्छन् । एउटा निर्देशकले स–साना हरेक तत्वमा ध्यान पु¥याउन सकेमा उसले सफल चलचित्र निर्माण गर्न सक्छ ।  नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्