डीपीएलको खेलाडी अक्सन आज, २ सय ५ जनाको नाम दर्ता



काठमाडौं: धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ । अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्यूनतम ३० हजारदेखि २ लाख ५० हजारसम्म मूल्य राखेर नाम दर्ता गराएका छन् ।

 

जस अनुसार टिमले खेलाडी किन्नेछन् । ६ टिम सहभागी हुने डीपीएलमा हरेक टिमले एक ट्यालेन्ट हन्ट र दुई विदेशी गरी १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने छन् । टी–ट्वेन्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ ।

 

लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ ।  पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ ।

 

डीपीएलमा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किङ्सले प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्