कङ्गोमा हिंसाका कारण १६ हजार विस्थापित



जेनेभा: लोकतान्त्रीक गणतन्त्र कङ्गोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन् । देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको साम्प्रदायीक झडपमा परी उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

 

माइ एनडोम्बे प्रदेश अन्तर्गत पर्ने युम्बीमा कङ्गो—ब्राज्जाभिल्लेका नाममा हिंसात्मक गतिविधिहरु भइरहेको छ । राष्ट्रसंघको शरणार्थीसम्वन्धी उच्च आयुक्तको कार्यालयका प्रवक्ता अन्द्रेज माहेसिसले युम्बीमा दुई समूदायबीच भएको द्वन्द्व लामो समयदेखि तनाबको विषय बनेको जानकारी दिए । 

 

पुराना झगडालु बानुनुस र बातेन्डे समूदाय बीचको विवादले अहिले फेरी साम्प्रदायिक झडपको अवस्था सृजना गराएको माहेसिसले बताए । यी झडपमहरुमा परी दर्जनौ मारिएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्