भोजपुर–काठमाडौँ सातै दिन उडान हुने



भोजपुर : भोजपुर –काठमाडौँ उडान थप गरिएको छ ।  यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए ।

 

यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ ।

 

त्यस्तै करिब एक महिनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्