किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक पक्राउ



कठमाडौं :  तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालका कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाट पक्राउ गरेको हो। टोलीले ज्ञावलीलाई नेपाल ल्याइसकेको जनाएको छ।

 

ज्ञावली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो।

 

सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको पाइएपछि पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको थियो।

 

कर्जा अपचलन गरेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ज्ञावली दम्पत्तिविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान अघि बढाएको थियो। त्यसबेलादेखि नै ज्ञवाली दम्पती फरार थिए।

 

मर्चेन्ट बैंकलाई क वर्गको बैंक बनाउन ज्ञवाली कै विशेष योगदान थियो। उनी बैंकर संघको अध्यक्षको लागि एक पटक भिडेका थिए। तर उनको पक्षमा १ मत मात्रै आएको थियो।

प्रतिक्रिया दिनुहोस्