ब्राजिलले आफ्नो दूतावास जेरुसेलममा सार्ने



ब्रासिलिया: ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले इजरायलको जेरुसेलममा आफ्नो देशको दूतावास सार्ने तयारी गरेको बताएका छन् । “यो हाम्रो आफ्नै देशको मामिला भएकाले न इरानसँगको मामिला हो न अरबी देशहरूसँगको मामिला हो” उनले भने ।  

 

एसबीटी टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले यो विषयमा निर्णय भइसकेको र अव कार्यान्वयनको चरणमा रहेको बताए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यही जनवरी एक तारिखका दिन राष्ट्रपति बोल्सोनारोको सपथग्रहण समारोहमा सहभागी भएको केहीदिन पछि यस्तो निर्णय सार्वजनिक भएको हो ।

 

ब्राजिलका नयाँ राष्ट्रपति बोल्सोनारोको अमेरिका र इजरायलसँग राम्रो सम्वन्ध रहेको मानिन्छ । ब्राजिलको दूतावास जेरुसेलममा सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमीका रहेको मानिएको छ ।

 

जेरुसेलमलाई इजरायलको राजधानी मान्ने की नमान्ने भन्ने बारेमा विवाद रहेकाले ब्राजिलको दूतावास जेरुसेलममा सार्ने निर्णय विवादास्पद हो ।

प्रतिक्रिया दिनुहोस्