जन्तीको मान राख्न ७३ लाख खर्चियो



जनकपुरधाम: भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको जनकपुर भ्रमणका बेला भएको खर्चको विवरण प्रदेश २ सरकारले सार्वजनिक गरेको छ । रामजानकी विवाह महोत्सवका अवसरमा मुख्यमन्त्री योगीले जनकपुर भ्रमण गरेका थिए । प्रदेश सरकारले भने विवाह महोत्सवका क्रममा योगीसहित भारत अयोध्याबाट आएका जन्तीको स्वागतसत्कारमा भएको खर्चविवरण सार्वजनिक गरेको हो ।

 

विवाह महोत्सवमा जन्तीका लागि आयोजना गरिएको भण्डारा (भोज) र सम्मान समारोहका लागि ७३ लाख ८ हजार १ सय ४५ रुपैया खर्च भएको प्रदेश सरकारले जनाएको छ ।

 

मंसिर २६ गते जनकपुरमा भएको रामजानकी विवाह महोत्सवमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भण्डारा र सम्मान कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्