निजी विद्यालय सञ्चालक यादव पक्राउ



जनकपुरधाम: धेरै व्यक्तिसँग लिएको रकम फर्काउन नमानेपछि जनकपुरधामका निजी विद्यालय सञ्चालक सरोज राय यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

 

धनुषा प्याब्सनका संस्थापक अध्यक्ष यादवलाई लेनदेन मुद्दामा अदलतको आदेशअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

जनकपुरमा नोबेल एकेडमी नामक निजी विद्यालय सञ्चालन गरिरहेका यादवले यस क्षेत्रका एक दर्जनभन्दा बढी व्यक्तिसँग ऋणपैंचो लिएर फर्काउन आनाकानी गरिरहेको प्रहरीको भनाइ छ ।

 

प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार यादवविरुद्ध जुगेश्वर साह भन्ने व्यक्तिले  जिल्ला अदालतमा मुद्दा हालेकाले बिहीबार नै जानकी मन्दिरबाट यादवलाई पक्राउ गरिएको हो ।

 

यादवलाई छुटाउन अहिले यस क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू लागिपरेका छन् । यादवलाई शुक्रबार जिल्ला अदालतमा हाजिर गराई म्याद लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्