यी हुन् दिमाग हल्लाइदिने रोचक तथ्य



हामी यहाँ केही रोचक तथ्यबारे जानकारी दिँदै छौँ जो निकै नै अनौठा छन् । जान्नुहोस् ती तथ्यबारे

– प्राचिन कालमा डाक्टरहरुले आफ्ना बिरामीहरुका लागि पट्टी बनाउनका लागि स्पाइडरवेब्सको प्रयोग गरेका थिए ।

– लगभग ६० टन ब्राहमण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ । प्रत्येक श्वास लिने जीवले श्वास फेर्ने समय यो प्राचिन धुलोलाई भित्र तान्छ ।

– एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।

– वयस्क उंटले केवल १३ मिनेटमा ३० ग्यालिन (११३ लिटर) पानी पिउन सक्छन् ।

– मिमिक अक्टोपसले न केबल आफ्नो रंगमात्र बदल्न सक्छ यसले अन्य जनावरको आकारको नक्कल पनि गर्न सक्छ । जस्तै : लायनफिस, समुद्री सर्प आदी ।

– पृथ्वीमा भएका सबै कमिलाको पुरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।

– एक पाउण्ड मह उतपादन गर्नका लागि माहुरीहरुलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ ।

– दुनियाकै ३ सबैभन्दा धनी परिवारमा ४८ सबैभन्दा गरीब देशको संयुक्त सम्पतीको तुलनामा पनि धेरै सम्पती छ ।

– बाघ र घरेलु बिरालोमा ९५.६ समान डीएनए हुन्छ ।

– मानव मस्तिष्क एक कम्प्युटर भएको भए यसले प्रतिसेकेण्ड ३८ हजार ट्रिलियन अपरेशन गर्न सक्थ्यो । दुनियाकै सबैभन्दा शक्तिशालि सुपरकम्प्युटर ब्लूजिन त्यसमा केबल ००२%को प्रबन्धन गर्न सक्छ ।

– माउन्ट एभरेष्टमा २०० बढी लास छन् र यीनिहरुलाई पर्वतारोहीका लागि बिन्दूका रुपमा उपयोग गरिन्छ ।

– घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो जसले पुथ्वीमा २५% बढी जमिन ढाकेको हुन्छ ।

– माछाको वर्षा एक वार्षिक मौसम घटना हो जसमा आकाशबाट सयौं माछा झर्छ र यो होन्डुरान शहर योरोमा हुन्छ ।

– रानी एलिजाबेथ द्धितिय एक प्रसिद्ध मेकानिक हुन् ।

– एक लामखुट्टेमा ४७ दात हुन्छ ।

– कागलाई पिन्जडामा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छन् ।

– १९७२ सम्म श्रीलङ्काको नाम सिलोन थियो जसलाई बदलदिएर लंका राखियो । र १०७८ मा यसको अगाडी सम्मान सूचक शब्द ‘श्री’ जोडेर श्रीलंका राखियो ।

– भारतको हिमांचल प्रदेशमा एक गाउँ छ ‘मलाणा’ । यदि कोही पर्यटकले यहाँका कोही निवासीलाई छोए भने यहाँका मानिसले त्यो व्यक्तिबाट १००० रुपैयाँ जुर्माना असुल्छन् ।

– राष्ट्रपति बन्नु पहिला अब्राहम लिंकन आफ्नो काउन्टीका कुस्ती च्याम्पियन थिए । उनले लगभग ३०० खेलमा फाइट गरे र केबल एक खेल हारेका थिए ।

– उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छबी बिगर्ने मानिन्छ ।

– दुनियामा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन् । अरु सबै देशको झण्डाको चार कुना छन् ।

– सार्वजनिक स्थलमा किस गर्न पोख्त मानिने फ्रान्समा रेलवे स्टेशनमा किस गर्नु गैरकानुनी मानिन्छ ।

– १८०१ मा आयरल्याण्ड र ग्रेट ब्रिटेनलाई मिलाएर यूनाइटेड किंगडम(united kingdom) बनाइएको थियो ।

– दुनियाको पहिलो पिसी भाइरस दुई पाकिस्तानी भाईहरुले बनाएका थिए । पाकिस्तानबाट नै कम्प्यूटर भाइरसको सुरुवात भएको थियो ।

– १९७९ मा सहारा डेजर्ट/रेगिस्तानमा बरफ खसेको थियो ।

– एक निलो ह्वेलको दिल कार जत्रो ठूलो हुनसक्छ ।

स्रोत : विभिन्न अध्ययन/अनुसन्धान

प्रतिक्रिया दिनुहोस्