आठ शैक्षिक संस्थाले पाए कृषि तथा वन विज्ञानको अनुमति



नवलपरासी: कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।

 

विश्वविद्यालय अन्तर्गत कृषि सङ्कायतर्फ सात र वन सङ्कायतर्फ एक निजी शैक्षिक संस्थालाई स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको हो । विश्वविद्यालयले निजी क्षेत्रलाई पहिलो पटक स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ। यसअघि सरकारी र आङ्गिक क्याम्पसले मात्र कक्षा सञ्चालन गर्दै आएका थिए।

 

रामपुर कृषि क्याम्पसका प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात् अनुमति पाएका शैक्षिक संस्थामा एक पटकमा ५० जनासम्म विद्यार्थी अध्ययन गर्न सक्नेछन् ।

 

पश्चिम नवलपरासीको रामनगर टेक्निकल एन्ड मेनेजमेन्ट कलेजमा अब कृषि सङ्कायतर्फ स्नातक तहको कक्षा सञ्चालन हुने भएपछि यस क्षेत्रसहित भारतबाट समेत विद्यार्थी अध्ययनका लागि आउने अपेक्षा गरिएको कलेजका सञ्चालन समिति अध्यक्ष प्रेम न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्