नवजात शिशु बेवारिसे अवस्थामा भेटियो



चितवन: इच्छाकामना गाउँपालिका–४ लेवाटारमा शनिबार बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । लनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको छ ।

 

शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ ।

 

यसैबीच नारायणगढस्थित बजारको पेटीमा बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–३ पुरानो तरकारी बजारमा बिहान मागी हिँड्ने अन्दाजी ५० वर्षीय पुरुष मृतावस्थामा फेला परेको हो । उनको सनाखत हुन सकेको छैन । चिसोका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्