यी हुन् डिपिएलका सर्वाधिक महँगा खेलाडी (सूचीसहित)



काठमाडौं : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ । डिपिएलमा सहभागिता जनाउने ६ टोलीले अक्सनमार्फत आ–आफ्नो टोलीमा आवश्यक खेलाडी समावेश गरेका हुन् । 

यस वर्षको डिपिएलमा विनोद भण्डारी, ललित भण्डारी, ललित नारायण राजवंशी, भीम सार्की, आरिफ शेख र पवन सर्राफ सबैभन्दा महँगा खेलाडी बनेका छन् । यी छ जना खेलाडी छुट्टाछुट्टै टोलीमा समान २ लाख ५० हजार रुपैयाँमा अनुबन्धित भएका हुन् ।

एक लाखभन्दा बढीमा अनुबन्धित भएका  खेलाडीहरू :

१. विनोद भण्डारी : २ लाख ५० हजार : रूपन्देही

२. विक्रमकुमार भुसाल : १ लाख ६० हजार : काठमाडौं

३. किशोर महतो : १ लाख : विराटनगर

४. अमित श्रेष्ठ १ लाख ८० हजार : धनगढी

५. सन्दीप सुनार : १ लाख १० हजार : रूपन्देही

६. सौरभ खनाल : १ लाख ६० हजार : धनगढी

७. प्रदीप ऐरी: २ लाख ४० हजार : रूपन्देही

८. ललित भण्डारी :  २ लाख ५० हजार : रूपन्देही

९. कुशल भुर्तेल : १  लाख ६० हजार: विराटनगर

१०. अविनाश बोहोरा : १ लाख ७० : महेन्द्रनगर युनाइटेड

 ११. सागर ढकाल : १ लाख : महेन्द्रनगर

१२. आसिफ शेख : १ लाख ८० हजार : विराटनगर

१३. कृष्ण कार्की : १ लाख : रूपन्देही

१४. अमर सिंह रौटेला : १ लाख २० हजार: महेन्द्रनगर

१५. राशिद खान : १ लाख ७० हजार : काठमाडौं

 १६. आरिफ शेख: २ लाख ५० हजार :  महेन्द्रनगर

१७. भुवन कार्की : २ लाख १० : सिवाइसी अत्तरिया

१८. भिम सार्की : २ लाख ५० हजार : रूपन्देही

१९. पवन सर्राफ : २ लाख ५० हजार : धनगढी

२०. रोहित कुमार पौडेल : २ लाख ३० हजार : महेन्द्रनगर

२१. सुनील धमला : १ लाख ८० हजार : धनगढी

२२. सुशन भारी श्रेष्ठ : १ लाख : विराटनगर

२३. सन्दीप जोरा : २ लाख ३० हजार : अत्तरिया

२४. अनिल कुमार साह : १ लाख ७० हजार : काठमाडौं

२५. पृथु बाँस्कोटा : १ लाख २० हजार : विराटनगर

२६. ललित नारायण राजवंशी : २ लाख ५० हजार : काठमाडौँ

प्रतिक्रिया दिनुहोस्