धनुषामा पाँच वर्षीया बालिका बलात्कृत



जनकपुरधाम : धनुषा जिल्लाको हंसपुर नगरपालिका–८ की एक पाँच वर्षीया बालिका बलाकृत भएकी छिन् । गाउँकै ४८ वर्षीय कल्याणबहादुर कार्कीले बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।   

शुक्रबार दिउँसो कार्कीले चकलेटको प्रलोभन देखाएर बालिकालाई आफ्नै घरमा लगी बलात्कार गरेको प्रहरीको भनाइ छ । स्कुलबाट फर्किँदै गरेकी बालिकालाई घरमा थुनेर कार्कीले बलात्कार गरेका थिए । 

बालिका अचेत अवस्थामा घर पुगेपछि मात्र उनकी आमाले घटनाबारे थाहा पाएकी थिइन् । घटनालगत्तै बालिकालाई स्थानीयले उपचारका लागि जनकपुर ल्याएका थिए । 

अत्यधिक रक्तस्रावका कारण बालिका बेहोस भएकी थिइन् । बालिकाको शनिबार जनकपुरस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले बताए । पीडित परिवारले आरोपीविरुद्ध किटानी जाहेरी दिएको र पक्राउ गर्न प्रहरी परिचालन भइसकेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्