सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा काठ बरामद



कैलाली : सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीले  ठूलो मात्रामा काठ बरामद गर्न सफल भएको छ ।

शनिबार बिहान ८ बजेको समयमा गणका आइडी नम्बर ३३६२ का सशस्त्र प्रहरी नायब निरीक्षक राकेश धामीको कमान्डमा खटिएर गएको टोलीले धनगढी उपमहानगरपालिका वडा– १२ बि गाउँ इलाकामा गोरुगाडामा ल्याउँदै गरेको अवस्थामा ३८ क्युफिटबराबरको ७१ थान सालको कडी, गोरुगाडा र काठतस्कर दुईजना पक्राउ गरेको छ ।

काठ भित्र्याउँदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ५५ वर्षीय रमेश राना र उपमहानगरपालिका १२ बी गाउँ बस्ने भागीराम चौधरीलाई पक्राउ गरिएको छ । टोलीले ७ फिटको ५२ कडी, ६ फिटको ११ कडी, ४ फिटको ६ कडी, २ वटा सालको फ्रेम गरी जम्मा ७१ थान सालको कडी बरामद गरेको हो ।

त्यस्तै २ वटा गोरुगाडा बरामद गरिएका छन् । काठसहित गोरुगाडाको अनुमानित मूल्य १ लाख १३ हजार ६ सय ६२ मुल्यांकन गरिएको छ । बरामद गरिएको काठसहित तस्करलाई आवश्यक कार्बाहीका लागि जिल्ला वन कार्यालयमा  पठाएको सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्