पत्रकार महासंध प्रदेश २ उपाध्यक्ष केसीलाई मातृशोक



वीरगन्ज : नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा प्रेस संगठन नेपाल लेखा समितिका सदस्य केसी लामिछानेलाई मातृशोक परेको छ ।

छामिछानेकी ममतामयी आमा मिठुदेवी लामिछानेको ६७ बर्षको उमेरमा शुक्रबार साझ चितवनको कृष्णपुर स्थित निवासमा निधन भएको हो ।

सीमाना मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका इसिमाना डटकमका प्रधान सम्पादक समेत रहेका लामिछानेको आमा लामो समय देखी दमको रोगबाट पिडित थिईन् ।

मिठुदेवीका दुई छोरा, एक छोरी र श्रीमान छन् । दुई छोरा मध्य कान्छो छोरा केसी लामिछाने हुन । उनको निधनप्रति नेपाल पत्रकार महासंघ प्रदेश २ र प्रेस संगठनले शोक व्यक्त गरेको छ ।

यस्तै सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटाले शोक व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली तथा शाकाकूल परिवारजनलाई समवेदना प्रकट गरेका छन् ।

प्रेस संगठन पर्साले पनि लामिछानेलाई मातृशोक परेकोमा दुख व्यक्त गरेको छ । संगठनका पर्सा संयोजक निरज पिठाकोटेले प्रेस संगठनका लेखा समिति सदस्य समेत रहेका केसी लामिछानेको ममतामयी आमाको निधनको खबरले मर्माहत बनाएको जनाउदै दुखको घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्