छ महिनामा साढे १० करोडको विद्युत भारत बिक्री



काठमाडौं : गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यात गरेको छ । अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुल एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको हो । 

प्रतियुनिट पाँच रुपैयाँ ५५ पैसाका दरले विद्युत बिक्री गरिएको हो । विद्युत बिक्रीबाट कुल १० करोड ४७ लाख ५० हजार ७०० रुपैयाँ आम्दानी भएको छ । नेपालमा विद्युतको खपत अत्यन्तै न्यु हुने रातका समयको विद्युत निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवमं विद्युत व्यापार प्रमुख प्रवल अधिकारीले जानकारी दिए । 

सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौता (पिटिए) ले नेपालले भारतलाई विद्युत बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बनाएको थियो । तर, व्यवहारिक रुपमा भने धेरै अघिदेखि नै नेपालबाट विद्युत निर्यात भइरहेको प्रवक्ता अधिकारी बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्