तीन कक्षा पास गरे भत्ता पाइने



काठमाडौं : कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ ।  

कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालिएको छ । प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो ।  

यस वर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । कक्षा तीन पास गरेका आक्रोश माझी, सीता माझी, निमा माझी, कृष्ण माझी र अञ्जना माझीले गते असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् ।

भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित आउने गरेका छन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्