स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा



काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ ।

जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ । त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन् ।

बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको छ ।

देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल) को डब्लुएचओको जिएमपी प्रमाणपत्रको म्याद २३ अक्टोबर २०१७ मा सकिए पनि मापदण्ड पूरा गर्न नसक्दा नवीकरण हुन सकेको छैन । बजारमा देउराली जनताले उत्पादन गरेका औषधि बिक्रीवितरण भइरहेका छन् ।

एभरेस्ट फर्मास्युटिकल्स प्रालिको १५ जुलाई २०१४ मा जिएमपी प्रमाणपत्रको म्याद सकिएको हो । उक्त फर्मास्युटिकल्सले जिएमपी मापदण्ड पूरा गर्न नसकेर नवीकरण भएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्