एउटा माछाको मूल्य ३४ करोड



टोकियो : जापानमा एउटा माछा ३४ करोड ७२ लाखमा बिक्री भएको छ । टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार टुना माछा यति मूल्यमा बिक्री भएको हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्ने बताइएको छ ।

अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो ।

यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

प्रतिक्रिया दिनुहोस्