कर्मचारी अर्को प्रदेशमा सरूवा हुन सक्ने



काठमाडौं : प्रदेश या स्थानीय तहमा समायोजित कर्मचारी अब एक प्रदेशबाट अर्को प्रदेशमा या एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुन पाउने भएका छन् । सरकार र आधिकारिक ट्रेड युनियनबीच बिहीबार राति भएको नौबुँदे सहमतिमा त्यस्तो उल्लेख छ ।

सोही सहमतिबमोजिम सरुवा हुन पाउनेगरी कानुनी व्यवस्था मिलाउन आधिकारिक ट्रेड युनियनसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिबद्धता जनाएको हो ।

तर एक प्रदेश या स्थानीय तहबाट अर्को प्रदेश या स्थानीय तहमा सरुवा हुँदा सम्बन्धित दुई प्रदेश या स्थानीय तहको सहमति आवश्यक पर्ने जनाइएको छ । सम्बन्धित कर्मचारीको स्थायी ठेगानाका आधारमा एक प्रदेशबाट अर्को प्रदेश या स्थानीय तहमा सरुवा हुन सक्ने व्यवस्था सहमतिपत्रमा उल्लेख छ ।

सहमतिको आठौं बुँदामा भनिएको छ, ‘कर्मचारी समायोजनपश्चात् प्रदेश या स्थानीय तहमा समायोजन भएका सरकारी सेवाका कर्मचारीलाई निजको स्थायी ठेगाना भएको प्रदेश या स्थानीय तहमा निश्चित अवधि तोकि तत्तत् तहको सहमति र मिल्दो सेवा समूहमा सरुवा हुनेगरी प्रदेश या स्थानीय तहको सेवा सर्तसम्बन्धी कानुनमा व्यवस्था गर्न सिफारिस गर्ने सहमति भएको छ ।’ आजकाे नागरिक दैनिकमा समाचारछ ।

प्रतिक्रिया दिनुहोस्