बलात्कार अाराेप लागेपछि राष्ट्रिय टिमबाट बाहिरिए राेनाल्डाे



एजेन्सी : एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।

 

उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा पनि राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको छ । 

रोनाल्डोले स्वीकारेनन् आरोप

रोनाल्डोमाथि अमेरिकाकी एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । पीडित महिलाका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासमा उनीमाथि बलात्कार गरेका हुन् । तर रोनाल्डोले यो आरोपको बुधबार इन्कार गरिदिएका छन् । 

 

उनले ट्वीटमा लेखेका थिए, 'म आफूमाथि लागेको बलात्कारको आरोपलार्इ इन्कार गर्छु । यो घृणित अपराध हो र यसको समाजमा कुनै स्थान छैन, म पनि यही कुरामा विश्वास राख्छु ।'

 

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णय स्वयम् रोनाल्डो र पोर्चुगल फुटबल फेडरेशनबीचको वार्तापछि लिइएको हो । 'हामीले वार्तापछि तत्कालका लागि रोनाल्डोलार्इ पोर्चुगलको राष्ट्रिय टिममा उपस्थित नगराउने निर्णय लिएका छौँ ।'

 

रोनाल्डो समकालिन विश्व फुटबल जगतमा अर्जेन्टिनाका लियोनेल मेसीसँगै विश्वकै महानतम् खेलाडीको सूचीमा दरिन्छन् । उनले पोर्चुगलका लागि १५४ खेल खेल्दै ८५ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्