दक्षिणपन्थीको आखिरी तुरुपः पहिले हिन्दु राष्ट्र अनि राजतन्त्र !



काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २४ मंसिरमा कासीको सिक्लेसमा बोल्दा राजनीतिक परिवर्तन उल्टाउने शक्तिहरु सल्वलाउने खतरा बढेको संकेत गरे ।

उनले भने, ‘यो संविधानको चार खम्बा छन्, संघीयता, धर्म निरपेक्षता, गणतन्त्र र समावेशिता । यीमध्ये एउटा मात्र ढालिदिने हो भने चारैवटा खम्बा ढल्छन् र देशमा फेरि भयानक निरंकुशताको खतरा आउँछ ।’

यो पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतातर्फ प्रचण्डले व्यक्त गरेको असन्तुष्टि हो ।

एक दशकअघिको लोकतान्त्रिक परिवर्तन र त्यसैको जगमा तीन वर्षअघि जारी नयाँ संविधानप्रति असन्तुष्टहरुले ज्ञानेन्द्रलाई अघि सारेर सक्रियता वढाउँदै लगेका छन् । पोखरामा शाहको स्वागत त्यसकै उपज हो ।

दक्षिणपन्थी र हिन्दुवादीले सुरुदेखि नै पछिल्लो परिवर्तन रुचाएका छैनन् । हिन्दुत्वको कार्ड प्रयोग गरेर फेरि राजतन्त्र फर्काउने उनीहरुको प्रयास नयाँ होइन ।

राजतन्त्र समर्थकहरु सकारकारका पछिल्लो कमजोरीबाट उत्साहित भएका छन् ।

एकाएक राजावादी र हिन्दुवादी सक्रिय हुनु अनि कांग्रेसभित्रका हिन्दुवादीसमेत हिन्दु अधिराज्यको पक्षमा उभिनुको तत्कालिन कारण सत्तारुढ नेकपाका नेता र सरकार नै बन्न पुगेको छ । आजको नेपाल साप्ताहिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्