प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै उनको सम्बोधन स्थगित भएको थियो । 

दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने अधिकारीको भनाइ छ । 

सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा वाईड बडी जहाजमा भएको भनिएको अनियमितताका बारेमा पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्