गायनमा ब्रिटनीको ‘अनिश्चितकालिन’ विश्राम



एजेन्सी : अमेरिकी पपस्टार ब्रिटनी स्पेयर्सले गायन करियरबाट ‘अनिश्चितकालिन’ विश्राम लिने घोषणा गरेकी छन् । स्पेयर्सले आफ्ना पिता जेमीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले पिताको स्वास्थ्यमा ध्यान दिन गायन करियरबाट विश्राम लिने निर्णय लिएको जनाएकी हुन् ।

ब्रिट्नी आगामी फेब्रुअरीमा पार्क थिएटर लसभेगासमा नयाँ शो ‘डोमिनेसन’को तयारीमा थिइन् । उनले यो कामलाई पनि हालका लागि स्थगित गरेकी छन् । 

‘म अहिले मेरो ध्यान र शक्ति परिवारको हेरचाहमा नै लगाउँदैछु । परिवारसँग मेरो विशेष सम्बन्ध छ’, ३७ वर्षीया गायिकाले भनेकी छन्, ‘म यो समय परिवारसँग रहन चाहन्छु । किनकी उहाँहरूले मलाई धेरै समय दिइसक्नुभएको छ ।’

ब्रिटनीका पिता दुई महिनादेखि एउटा गम्भीर रोगबाट पीडित छन् । उनले आफ्नो इन्स्टाग्राममा पिताको ‘करिब मृत्यु भइसकेको’ उल्लेख लेखेकी छन् । अघिल्लो महिनासम्म अस्पतालमा रहेका ब्रिटनीका पिता अहिले घर फर्किइसकेका छन् । 

उनले फ्यानसँग क्षमा मागेर ‘आत्मादेखिको निर्णय’ भन्दै लसभेगासमा हुने ‘ब्रिटनीः डोमिनेसन’मा सहभागी नहुने जनाएकी छन् । आयोजकले ब्रिटनीको लागि बिक्री भइसकेका टिकटको ‘रिफन्ड’ गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्