ट्रकको ठक्करबाट लम्कीमा एकको ज्यान गयाे



कैलाली : लम्की चुहा नगरपालिका ४ मा शुक्रवार बिहान ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

से४प ७३७० नम्बरको मोटरसाइकल र से६प ७०४१ नम्बरको मोटरसाइृकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक लडेका थिए ।

 

से४प ७३७० नम्बरको मोटरसाइकल चालक लम्की चुहा नगरपालिका २ का भागीराम चौधरीलाई पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख १२४७ नम्बरको ट्रकले किचेको थियो । उनकोे घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्