एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेडसँगै को–को पुगे ?



एजेन्सी : म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा युनाइटेडले रिडिङलाई २–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो । 

घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा खेलको २२औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

त्यस्तै चेल्सी पनि एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा नटिङघम फरेष्टलाई २–० ले पराजित गर्दै चेल्सी चौथो चरणमा पुगेको हो । 

४९औं र ५९औं मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।

एफए कप अन्तर्गत नै आर्सनलले ब्ल्याकपुललाई ३–० ले, एभर्टनले लिनकोन सिटिलाई २–१ ले, ब्राइटनले बोर्नामाउथलाई ३–१ ले, वेष्टह्यामले बर्मिङघगम सिटीलाई २–० ले र वेष्ट ब्रमले विगानलाई १–० ले पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्