टूँडिखेलमा ‘तमु ल्होसार’को रौनक (फोटोफिचर)



काठमाडौँ : आज (मंगलबार) गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज संघीय राजधानी काठमाडौंमा गुरुङ समुदायले ‘तमु ल्होसार’ हर्षोल्लासका साथ मनाएका छन् ।

काठमाडौंको टूँडिखेलमा तमु ल्होसारलाई विशेष उत्सवका साथ मनाइएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्