आगलागीले कुखुरा नष्ट



लमही : दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँको क्षति भएको छ । आइतबार बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

 

आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उनका अनुसार घरमा पालिएका २ सय कुखुरा जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका हुन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्