जनस्वास्थ्य संघ प्रदेश २ मा पेसागत समूह विजयी 



जनकपुरधाम : नेपाल जनस्वास्थ्य संघ प्रदेश २ को अध्यक्षमा पेसागत समूहका रामानन्द पण्डित विजयी भएका छन् । उनले १ सय ४ मत ल्याए । 

निकटतम प्रतिद्वन्द्वीका रुपमा स्वतन्त्र समूुहका किशोरकुमार ठाकुरले ५० मत ल्याए भन्ने प्रगतिशील समुहका सुरेन्द्र पटेलले १७ मतमात्र प्राप्त गरेका थिए ।

नर्वाचन अधिकृत दीपेन्द्रकुमार रायका अनुसार उपाध्यक्षमा ९७ मत ल्याएर रामनारायण पण्डित विजय भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी रवीन्द्रकुमार यादवले ५६ मत प्राप्त गरे । काेषाध्यक्षमा आशा चौधरी ९३ मत ल्याएर विजयी भइन् भने उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र चौधरी ७३ मत ल्याए ।

सदस्यहरुमा खुलातर्फ राधेश्याम साह शम्भुप्रसाद कुशवाहा, विजयकुमार कुशवाहा र रोशनकुमार यादव विजयी भएको निर्वाचन अधिकृत रायले द नेपाल टपलाई जानकारी दिए । शनिबार सम्पन्न पहिलो प्रादेशिक निर्वाचनको परिणाम आइतबार सार्वजनिक भएको हो 

प्रतिक्रिया दिनुहोस्