भन्सार छली ल्याइएको हार्डवेयर सामान बरामद



कैलाली : सशस्त्र प्रहरी बल ५३ नम्बर गुल्म कैलालीले भन्सार छली ल्याउँदै गरेको हार्डवेयर सामान बरामद गरेको छ ।

आइतबार बिहान ६ बजेतिर गुल्मका सशस्त्र प्रहरी नायब निरीक्षक जयबहादुर महराको कमान्डमा खटिएको मोबाईल गस्ती टोलीले धनगढी उपमहानगरपालिका ९ बंग्राकटान इलाकामा भन्सार छली ल्याउँदै गरेको अवस्थामा करिब दुई लाख १४ हजार रुपैयाँको हार्डवेयर सामान बरामद गरेको हो । 

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको गुल्मका प्रहरी नायव उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्