भार्गवले ६ प्रतिशत नगद लाभांश दिने



काठमाडौं : भार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत रकम लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो । 

राष्ट्र बैंकबाट स्वीकृति पाएर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लाभांश सेयरधनीलाई वितरण गरिनेछ । बैंकको गत असार मसान्तसम्मको चुक्तापुँजी ५० करोड १६ लाख छ । चुक्तापुँजीको ६ प्रतिशतले हुन आउने तीन करोड ९६ हजार रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव बैंकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्