प्रभुको बोनससहित १० प्रतिशत लाभांश प्रस्ताव 



काठमाडौं : प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले ५ प्रतिशत बोनस सेयरसहित लाभांश प्रस्ताव गरेको हो । 

 

बैठकले गत आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर सहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्