दसैंकाे मुखमा विराटनगरका पसलमा चरम कालाेबजारी, चार सय पर्ने जुत्तालार्इ १५ सय



मोरङ : विराटनगरका पसलले ६ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ ।

 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले रेडिमेड सामग्री बिक्री गर्ने पसलले ६ गुणासम्म मुनाफा राखेको भेटिएको हो ।

 

खरिद मूल्यको बढीमा २० प्रतिशतसम्म मुनाफा खान पाइने नियम भए पनि ४७५ रुपैयाँ खरिद मूल्य रहेको जुत्ता ३९०० सयसम्ममा बिक्री भएको पाइएको छ । ग्राहकसँग चर्को मूल्य असुल्नेमा विराटनगर मेनरोडमा सञ्चालित साकेत ट्रेडर्स, ग्यालेक्सी मार्टलगायत छन् ।

 

ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३९ सय र साकेत ट्रेडर्सले ४ सय ८२ मा खरिद गरेको स्पोर्ट जुत्ता १५८५ रुपैयामा बिक्री गरेको पाइएको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।

 

अनुगमनका क्रममा ग्यालेक्सी मार्टले ४५५ मा खरिद गरेको जिन्स पेन्टको बिक्री मूल्य १३७५ राखेको पाइएको थियो भने साकेतमा पनि ४०० पर्ने पाइन्टमा १३०० बिक्रीदर टाँस गरेको भेटिएको छ ।

 

‘अनुगनका क्रममा ६ गुणासम्म बढी मूल्य राखेर कालोबजारी गरेको पाइयो’, दाहालले भने, ‘सात दिन भित्र दुवै पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्