घिमिरेको अवकाशसँगै सर्वोच्चमा चार न्यायाधीश पद रिक्त



काठमाडौं : सारदाप्रसाद घिमिरेले अवकाश पाएसँगै सर्वोच्च अदालतमा चार जना न्यायाधीशको पद रिक्त भएको छ । न्यायाधीश घिमिरेले ६५ वर्षे उमेर हदका कारण शनिबारदेखि अवकाश पाएका हुन् । 

यसअघि पुस १७ गते ओमप्रकाश मिश्रले पनि उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट अवकाश पाएका थिए ।

त्योभन्दा अघि जगदीश शर्मा पौडेल र गोपाल पराजुलीले अवकाश पाएका थिए । पौडेलले न्यायाधीशकै पदबाट अवकाश पाएका थिए भने पराजुलीले प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए ।

संविधानले सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको छ । अहिले सर्वोच्चमा प्रधानन्यायाधीशबाहेक १६ जना न्यायाधीश छन् ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्नका लागि न्याय परिषद्को बैठकले निर्णय गर्नुपर्ने हुन्छ । न्याय परिषद्ले न्यायाधीश सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्