सुन्दरीहरुले यसरी मनाए टोपी दिवस (फोटोफिचर)



काठमाडौं : पहिलाका वर्ष झै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी टोपी दिवस मनाइएको छ। नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै नेपाली पोसाक दिवस–२०७२ मनाउन लागिएको हो ।

This image has an empty alt attribute; its file name is 20200101_082111-1-768x364.jpg

विदेशी संस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली वेशभूषा र संस्कृतिको जगेर्नाका लागि संस्थाले अंग्रेजी नयाँ वर्षका दिन नेपाली टोप दिवसका रुपमा मनाउन थालेको जागरुक युवा अभियान नेपालले जनाएको छ।

बुधबार राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् ।

नेपालमा बहुजाति, बहुभाषी, बहुसंस्कृति र आफ्नै छुट्टै मौलिकता रहेकाले सबै जातजाति र भाषाभाषीका मानिस मिलेर आ–आफ्नो मौलिकपन र राष्ट्रियताको जगेर्नाका लागि दिवस मनाउने गरिएको संस्थाका संयोजक घनश्याम श्रेष्ठले बताए।

rpt

प्रतिक्रिया दिनुहोस्