काभ्रेका राउत लागूऔषधसहित पर्सा प्रहरी नियन्त्रणमा



वीरगन्ज : सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती टोली वीरगन्जले  आइतबार लागूऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

 

सशस्त्र प्रहरीले काभ्रेको पनौती नगरपालिका ५ का २४ वर्षीय रामकृष्ण राउतलाई लागूऔषध नाइट्रोपाइम ट्याबलेटसहित पक्राउ गरेको हो ।

सीमावर्ती सहर भारतको रक्सौलबाट राउतले १० एमजीका ३ सय ५ पिस लागूऔषध नाइट्रोपाइम ट्याबलेट खरिद गरी ल्याइरहेको अवस्थामा भसार गेटअगाडिबाट राउत पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर खड्काले बताए । 

लागूऔषध शरीरमा बाँधी लुकाई ल्याइरहेको अवस्थामा राउतलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ । आवश्यक कारबाहीका लागि राउतलाई लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्