सामाजिक सुरक्षा योजनामा हाम्रो कपीराइट छैन : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता योजनामा आफ्नो वा आफ्नो दलको कुनै कपीराइट नरहेको बताएका छन् ।

आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा भत्ता योजनाको जस कांग्रेसले खोजेको भन्दै त्यसमा आफूहरूको मात्र कपीराइट नलाग्ने बताएका हुन् ।

कांग्रेसले सामाजिक सुरक्षा योजना आफ्नो सरकारको पालामा आएको भए पनि त्यसको जस ओली सरकारले लिन खोजेको भन्दै आएको छ । 

 

संसदमा बोल्दै प्रधानमन्त्रीले आफैंले ल्याएको योजनाको खिसीटिउरी किन गरेको भन्दै कांग्रेससँग प्रश्न पनि गरेका छन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू हुनुको जस सम्पूर्ण सदनले लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्