बेवारिसे महिलाको उपचारका क्रममा मृत्यु



रौतहट : गरुडा नगरपालिका ८ स्थित जिगडिया गाउँमा बेहोस अवस्थामा भेटिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उखुखेतमा बेहोस अवस्थामा भेटिएकी करिब ४० वर्षजतिकी महिलालाई उपचारका लागि हेल्थ ल्यान्ड अस्पतालमा भर्ना गरेकोमा उपचारकै क्रममा निधन भएको प्र्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेकी ती महिलालाई बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी बिर्ताबाट प्रहरी टोली खटिई तत्काल अस्पताल पुर्याइएको थियो । 

महिलाको शव पोस्टमार्टमका लागि जिल्ला स्वास्थ्य अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्