सडकको अराजक भीडले निर्मलालाई न्याय दिँदैन : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तलाई सडकको अराजक भीडले न्याय नदिने बताएका छन् । आइतबार संसद् बैठबलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्मलालगायतका पीडितलाई न्याय सरकारले दिन्छ, जसको नेतृत्व मैले गरेको छु ।’

प्रधानमन्त्रीले अपराध नियन्त्रणमा प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता हासिल गरेको पनि बताएका छन् । उनले अपराध नियन्त्रणमा प्रहरी प्रशासनले प्राप्त गरेको ठूलो सफलतालाई बेवास्ता गर्दै अपवादका रुपमा रहेका केही घटनालाई उचालिएको बताए ।

अपवादका घटनालाई आम घटनाको रुपमा प्रचार गर्दै सरकारको सफलतालाई लुकाउन खोजिएको उनको दाबी थियो । सरकारले संगठित अपराधको सञ्जाल नष्ट पार्ने काममा विशेष सफलता प्राप्त गरेको पनि प्रधानमन्त्रीले बताए । उनले नेपालमा हुँदै आएको सुन तस्करीको जालो फुकाउने काममा ठूलो सफलता प्राप्त भएकोे दाबी गरे । अपराध नियन्त्रणका लागि देशैभर सिसिटिभी जडान गरिएको प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्