प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा नाराबाजी, बैठक केही समयका लागि स्थगित



काठमाडौं : आइतबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदले विरोध गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्न राख्ने अनुमति नदिएका कारण सांसद मिनेन्द्र रिजाल, गगन थापा, अमरेश सिंहलगायत कांग्रेस सांसदले चर्को विरोध गरे ।

उनीहरुको विरोधपछि सभामुख कृष्णबहादुर महराले सिमित सांसदले मात्र प्रश्न सोध्न पाउने भन्दै मिनेन्द्र रिजाललाई प्रश्न सोध्ने पालो दिएका थिए ।

सांसद रिजालले सिमित सांसद नभइ सबैले प्रश्न राख्न पाउनुपर्ने भन्दै प्रश्न सोधेनन् ।

सभामुख महराले त्यसपछी कसैले प्रश्न सोध्न नपाउने भनेपछि कांग्रेस सांसदले चर्को नाराबाजी गर्दै रोस्टम घेराउ गरे ।

सभामुखले १५ मिनेटको लागि संसद स्थगित भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्