७० वर्षीय वृद्धलार्इ ‘बाेक्साे’काे अाराेप लगाउँदै पटक पटक पानीमा चाेबियाे



धनगढी : धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुर्व्यवहार गरिएको छ । असोज २ मा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धानमा कीरा लागेको भन्दै दुर्व्यवहार गरेको जोखनका छोरा पदमले बताए ।

 

‘बुबा (जोखन) खेतमा रहेको नालामा राँगालाई पानी खुवाउँदै थिए, भीख्खु त्यहीँ पुगेर बुबालाई पटकपटक पानीमा चोब्न थाल्यो,’ उनले भने, ‘त्यसपछि चौराहमै ल्याएर बुबालाई नांगेझार पारियो ।’

 

एउटै समाजमा बस्नुपर्छ भनेर सुरुमा पीडित परिवार चुपचाप बस्यो । तर उनलाई जहाँ देख्यो त्यही बोक्सो भनेर मारिदिने धम्की दिन थालेपछि नजिकै रहेको कनरी प्रहरी चौकीमा गएर उजुरी दिएको छोरा पदमले बताए ।

 

अहिले भीख्खु प्रहरी नियन्त्रणमा छन् । तर, राजनीतिक दलको दबाबमा छुटाउने प्रयास भइरहेको बताउँदै उनले कानुनबमोजिम सजाय हुनुपर्ने माग गरे ।

 

समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्