साढे ८३ लाखसहित चार हुन्डी कारोबारी पक्राउ



जनकपुरधाम : प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । 

 

जनकपुर उपमहानगरपालिका–११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । 

 

दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका वडा नम्बर २ का मोख्तार महमद छन् । 

 

प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकका ३० थान चेक, बैंक भौचर र हुन्डी कारोबारका लागि प्रयोग भएका हिसाब खाताका साथै ६ थान मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्