कञ्चनपुरमा असिनापानी



कैलाली : कञ्चनपुको पुनर्वास क्षेत्रमा आइतबार असिनापानी परेको छ । 

असिनापानीले गहुँबाली, मुसुरो, तोरी, उखु, तरकारीलगायतका हिउँदे बालीमा नोक्सानी पुर्याएको छ । पानीसँगै परेको असिनाका कारण बालीनाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

 

पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष  नारायण जोशीले दिउँसो केही बेर परेको असिनापानीले हिउँदे बालीमा क्षति पुर्याएको बताए । 

प्रतिक्रिया दिनुहोस्