फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य



काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार मध्यरातबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले हरेक इन्धनको मूल्यमा दुई रुपैयाँ वृद्धि गरेको बताएको छ । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्