कान्ति बाल अस्पताललाई पाँच करोड आर्थिक सहायता



काठमाडौं : ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न सरकारले कान्ति बाल अस्पताललाई पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

आइतबार अस्पतालको ५७ औं वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अस्पतालाई आर्थिक सहायता उपलब्ध गराइने बताएका छन् । 

कार्यक्रममा राज्यमन्त्री यादवले सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने नीति लिएको बताए ।

अस्पतालका निर्देशक डा. गणेशकुमार राईले बाल स्वास्थ्यका सबै विशिष्टिकृत सेवाहरूको स्थापना गर्दै बाल स्वास्थ्यसम्बन्धी अध्ययन, अध्यापन र राष्ट्रिय अनुसन्धान केन्द्रसहितको बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा अस्पताललाई विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्