एकैपटक एकै स्थानमा समय फरक देखिँदा स्थानीय छक्क 



अत्तरिया : अत्तरीया चोकमा जडान गरिएको बिल बोर्डमा एकैपटकको समय र तापक्रम पनि फरकफरक देखिन थालेपछि स्थानीय छक्क परेका छन् । 

क्यालडोन ग्राफिक्स नामक कम्पनीले अत्तरियामा केही दिनअघि बिल बोर्ड जडान गरेको थियो ।

बिल बोर्डमा सिसी क्यामरा जडान गरिनुका साथै स्थानीय तापक्रम, समय र अन्य विज्ञापन सामग्री प्रदर्शन हुने कम्पनीले  जनाएको छ । बिलबोर्डको चारैतिर समय र तापक्रम देखिने गरेको छ । 

अहिले नै पूरै काम नभएकोले समय र तापक्रम फरकफरक देखिएको गोदावरी नगरपालिकाका प्रशासकीय प्रमुख खेमराज बिष्टले जानकारी दिए । प्राविधिक आएर मिलाएपछि वास्तविक समय र तापक्रम देखिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्